लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको १ लाख ५१ हजार ५८५ कित्ता शेयर बिक्रीमा राखिएको हो ।
यो शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्ने बताइएको छ । इच्छुक संस्थापक शेयरधनीहरुले निवेदन ३५ दिनभित्र दिनुपर्नेछ । निवेदन काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा दिन सकिनेछ ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा त्यसपछि मात्र अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

