Banijya News

एनएमबि बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड ५१ लाख रुपैयाँ सहयोग

1
1.0K Shares

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडले तीन करोड एकाउन्न लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बैंकका अध्यक्षद्वारा उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ । साथै, बैंकले उक्त प्रभावित क्षेत्रका नगरिकहरुका लागि रु. दश लाख बराबरको राहत सामाग्री समेत प्रदान गरेको छ ।

गत भदौ १० गते बुधबार अचानक आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले जनधनको क्षति हुनुका साथै धेरै घर परिवार विस्थापित भएका छन् भने सडक, स्थानीय पूर्वाधार र जलविद्युत् आयोजनाहरूमा समेत ठूलो असर परेको छ ।

यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको साथमा उभिँदै बैंकले उक्त सहयोग प्रदान गरेको हो । यसबाट बाढी प्रभावितको उपचार, खाद्यान्न तथा आवासको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाका जस्ता कार्यहरुमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

1

Scroll to Top