Banijya News

प्रभु बैंकद्वारा बाढी पीडितका लागि २ करोड ११ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग

1
1.0K Shares

प्रभु बैंक लिमिटेडले विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

भदौ १० गते बुधबार रसुवाको भोटेकोशी र त्रिशुली नदी किनारमा रहेका बासिन्दाहरुलाई अपूरणीय मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । उक्त विनाशकारी विपद्ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको यस दुःखद् घडीमा पीडित एवम् प्रभावित परिवारहरुका लागि सहायता स्वरुप तथा पिडितहरुको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले नेपाल सरकारलाई सो सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।

प्रभु बैंक लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रु. २,११,११,१११ को चेक हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा बैंकको तर्फबाट अध्यक्ष किशोरजंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति रहेको थियो । बैंकले अकल्पनीय विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

1

Scroll to Top