माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति दिइएको छ ।
कम्पनीको नवौँ वार्षिक साधारणसभाबाट हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो । सोही निर्णयअनुसार कम्पनीले हकप्रद निष्कासनको पूर्वस्वीकृतिका लागि विद्युत् नियमन आयोगसमक्ष आवेदन दिएको थियो ।
आयोगले २०८३ भदौ १७ गतेको पत्रमार्फत कम्पनीलाई हाल कायम चुक्तापूँजी १ अर्ब रुपैयाँको १ः१ अनुपातमा १ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ ।
स्वीकृतिअनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

