नेको इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । कम्पनीले प्राकृतिक तथा अन्य विपतबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेको इन्स्योरेन्सका सञ्चालक समितिका सदस्य मणिदेव भट्ट तथा नायब प्रमुख कार्यकारी अधिकृत गणेश लम्सालले अर्थमन्त्रीसमक्ष उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका थिए ।
कम्पनीका अनुसार, देशमा आइपर्ने प्राकृतिक तथा अन्य विपतबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनामा योगदान पुर्याउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो ।
नेको इन्स्योरेन्सले आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै विपतबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका विभिन्न कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

