Banijya News

सामान्य बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

1
1.0K Shares

नेप्से परिसूचक आज विहीबार सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले आज सोही क्रमलाई निरन्तरता दिएको हो ।
बिहीबार नेप्से परिसूचक ४.६६ अंक बढेर २५४२.७७ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक बढेको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । हिजो बुधबार २ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ४६ करोड ५२ लाख १ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

विहीबार विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.७६ प्रतिशत बढेको छ । त्यस्तै, चिरख्वा हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने आशा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ । कारोबारमा आएको पियोर इनर्जीको शेयरमूल्य सर्वाधिक १३.३३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४० करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब साढे १३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये विहीबार नौ उपसमूहको परिसूचक बढेको छ भने चार उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक १.२६ प्रतिशत बढेको छ । त्यस्तै, व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको वित्त, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ ।

1

Scroll to Top