Banijya News

एनआईसी एशिया बैंकद्वारा रसुवाका तीन शाखाका ग्राहकलाई बैंकको सेवा शुल्कमा शतप्रतिशत छुट

1
1.0K Shares

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित ग्राहकलाई राहत तथा सेवा सहज बनाउने उद्देश्यले एनआईसी एशिया बैंक लिमिटेडले जिल्लाका तीन शाखाका खातावालालाई विभिन्न बैंकिङ सेवामा शतप्रतिशत सेवा शुल्क छुट दिने घोषणा गरेको छ ।

बैंकले बाढीका कारण उत्पन्न असहज परिस्थिति र प्रभावित क्षेत्रमा परेको कठिनाइलाई मध्यनजर गर्दै स्याफ्रुबेंसी, बेत्रावती र त्रिशुली शाखा कार्यालयका खातावालालाई २०८३ साल पौष मसान्तसम्म लागू हुने गरी तोकिएका सेवामा शुल्क छुट दिने जनाएको छ ।

बैंकका अनुसार डिजिटल बैंकिङ, मुद्दती तथा रिकरिङ खाता र अन्य विविध बैंकिङ सेवामा छुट उपलब्ध हुनेछ ।

बैंकको छुट पाउने सेवामा डेबिट कार्ड जारी तथा नवीकरण शुल्क, पिन रिसेट र कार्ड अनब्लक गर्दा लाग्ने शुल्क तथा हराएको वा बिग्रिएको डेबिट कार्ड पुनः जारी गर्दा लाग्ने शुल्क रहेका छन् ।

त्यस्तै, मोबाइल तथा इन्टरनेट बैंकिङ दर्ता तथा नवीकरण शुल्क र पासवर्ड रिसेट शुल्कमा पनि शतप्रतिशत छुट दिइने बैंकले जनाएको छ ।

मुद्दती तथा रिकरिङ खाता समयअगावै बन्द गर्दा लाग्ने शुल्क र मुद्दती निक्षेपको रसिदको दोस्रो प्रति जारी गर्दा लाग्ने शुल्कमा समेत छुटको व्यवस्था गरिएको छ ।

अन्य विविध सेवाअन्तर्गत हराएको चेकको सट्टा नयाँ चेक जारी गर्दा लाग्ने शुल्क, चेक रिक्विजिसन स्लिपबिना चेकबुक अनुरोध गर्दा लाग्ने शुल्क, डेबिट/क्रेडिट एडभाइसको दोस्रो प्रति जारी गर्दा लाग्ने शुल्क, ग्राहकको अनुरोधमा विभिन्न सिफारिस तथा पत्र जारी गर्दा लाग्ने शुल्क र खाताको स्किम परिवर्तन गर्दा लाग्ने शुल्कमा पनि शतप्रतिशत छुट उपलब्ध हुने बैंकले जनाएको छ ।

1

Scroll to Top