सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रबिन सिजापती नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले सिजापतीलाई सीईओ नियुक्त गरेको हो ।
बैंकले आजैबाट लागू हुने गरी सिजापतीलाई ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ सिजापतीले आजैबाट बैंकमा पदभारसमेत ग्रहण गरेका छन् ।
सिजापती यसअघि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा वरिष्ठ नायब महाप्रबन्धकका रुपमा कार्यरत थिए । उनी सीए पनि हुन् ।


