Banijya News

नबिल म्युचुअल फण्डअन्तर्गतका दुई योजनाको लाभांश घोषणा

1
1.1K Shares

नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेका नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरूले गत आर्थिक वर्ष मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

नबिल ब्यालेन्स्ड फण्ड–२ ले आफ्ना इकाईधनीलाई ३.५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड–३ ले आफ्ना इकाईधनीलाई २.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएका हुन् ।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले प्रतिफल घोषणा गर्ने निर्णय गरेको हो । प्रतिफल वितरण प्रयोजनका लागि यी दुई योजनाहरूले आगामी असोज ७ गते एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द गर्नेछन् । जस अनुसार असोज ६ गतेसम्म सम्म इकाई खरिद गर्नेले प्रस्तावित प्रतिफल प्राप्त गर्न सक्ने बताइएको छ ।

1

Scroll to Top