Banijya News

सुपर मादी हाइड्रोपावरको सेयरमूल्य समायोजन

1
1.0K Shares

सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५८.२६ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ५२७ रुपैयाँमा कारोबार भएको थियो ।

आगामी कारोबारमा यही मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबारमा आउनेछ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण हुनेछ । कम्पनीको साधारणसभा असोज १ गते काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा हुने भएको छ ।

1

Scroll to Top