माण्डु हाइड्रोपावर लिमिटेडको कुल १ करोड २२ लाख २२ हजार ५५३ कित्ता शेयरको लकइन अवधि आज भदौ २३ गतेपछि सकिने भएको छ ।
यसमा कम्पनीका संस्थापक शेयरधनीको १ करोड २० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँड गरिएको १ लाख ९३ हजार ७०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीलाई बाँडफाँड गरिएको २८ हजार ८५३ कित्ता शेयर रहेका छन् ।
कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि संस्थापक शेयरधनी, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कम्पनीमा कार्यरत कर्मचारीको शेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था छ ।
माण्डु हाइड्रोपावरले २०८० भदौ २४ गते आईपीओ निष्काशन गरी सर्वसाधारणलाई शेयर बाँडफाँड गरेको थियो। सोही आधारमा उक्त शेयरको लकइन अवधि भदौ २३ गतेपछि समाप्त हुन लागेको हो ।

