Banijya News

शिखर इन्स्योरेन्सद्वारा बाढी प्रभावितका लागि १.११ करोड सहयोग

1
1.0K Shares

शिखर इन्स्योरेन्सले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड ११ लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेको छ ।

कम्पनीले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । चेक कम्पनीका अध्यक्ष गौरव अग्रवाल र प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्तान्तरण गरेका हुन् । यो आर्थिक सहयोग निर्जीवन बीमकमध्ये सर्वाधिक हो ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट स्थानीय समुदाय र जीविकोपार्जनलाई असर गरेकोले यस कठिन समयमा एकसाथ उभिनु निकै महत्वपूर्ण रहेको कम्पनीले जनाएको छ । सबै मिलेर पुनर्लाभलाई समर्थन गर्न कम्पनीले आग्रह गरेको छ । ‘नयाँ आशाका साथ पुनर्निर्माण गरौँ र एक नेपालका रुपमा बलियो भएर उभिऔँ’, कम्पनीले भनेको छ ।

1

Scroll to Top