Banijya News

दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी संकलन

1
1.0K Shares

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु. १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ संलकन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज विहीबार बिहान ९ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौ वटा बैंकमा रु. ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात छ ।

त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ । नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दात जोड्दा कोषको कुल उपलब्ध रकम रु. १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ पुगेको कार्यालयले जनाएको छ ।

विवरणअनुसार भदौ २५ गते मात्रै नेपालीतर्फ रु. १७ करोड २५ लाख ६९ हजार ६७५ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको छ ।

राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु. १ अर्ब निकासा गरिएको थियो ।

1

Scroll to Top