नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८ लाख ६१ हजार बढी कित्ता शेयर थपिएको छ ।
नेप्सेमा आज विहीबार युनाइटेड मोदी हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो ।
यो कम्पनीको ८ लाख ६१ हजार ३५० कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीले अघिल्लो वर्ष शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

