अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले करिब साढे पाँच प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चितीबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रु. ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० को ५ प्रतिशतका दरले रु. २० करोड २० लाख २० हजार १५७.५० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
त्यस्तै, कर प्रयोजनका लागि ०.२६३ प्रतिशतका दरले रु. १ करोड ६ लाख ३२ हजार ३२०.८९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ । यसअनुसार कम्पनीले सेयरधनीलाई कुल रु. २१ करोड २६ लाख ५२ हजार ४७८ रुपैयाँ ३९ पैसा बराबरको लाभांश वितरण गर्नेछ ।
प्रस्तावित लाभांश कम्पनीको २९औँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै वितरण गरिनेछ । कम्पनीले आगामी असोज २७ गते २९औँ वार्षिक साधारण सभाको आह्वान गरेको छ । साधारण सभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १३ गते एक दिन बुक क्लोज बन्द गर्ने निर्णय गरेको छ ।


