Banijya News

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

1
1.0K Shares

शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले १६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार ७२९ रुपैयाँको ६ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । यसअनुसार बैंकले ३० करोड १३ लाख १८ हजार ३६३ रुपैयाँ बराबरको बोनस शेयर र नगद बापत ५० करोड २१ लाख ९७ हजार २७२ रुपैयाँ वितरण गर्नेछ ।

1

Scroll to Top