Banijya News

हायरको दशैं लक्षित ‘खुसीको पल’ योजना, होम अप्लायन्स खरिदमा विभिन्न उपहार

1
1.0K Shares

बहुराष्ट्रिय होम अप्लायन्स ब्रान्ड हायर स्मार्ट होमले नेपाली बजारमा दशैं लक्षित नयाँ उपभोक्ता योजना ‘खुसीको पल विथ हायर, सजाऔं हरेक घर’ सार्वजनिक गरेको छ ।

नेपालका लागि हायरको आधिकारिक वितरक नियोटेरिक नेपालले चाडपर्वको अवसरमा फ्रिज, वासिङ मेसिन, चेस्ट फ्रिजर तथा एयर कन्डिसनर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विभिन्न उपहार, क्यासब्याक र निःशुल्क इन्स्टलेसन सुविधा समेटिएको योजना ल्याएको हो ।

अफरअन्तर्गत १९० लिटर वा सोभन्दा माथिका सिंगल डोर रेफ्रिजरेटर खरिद गर्ने ग्राहकले १ हजार ४९० रुपैयाँ मूल्य बराबरको महाराजा ड्राइ आइरन निःशुल्क पाउनेछन् ।

त्यसैगरी, हायरका कुनै पनि डबल डोर रेफ्रिजरेटर खरिद गर्ने ग्राहकले ५ हजार ४९० रुपैयाँ मूल्य बराबरको महाराजा मिक्सर ग्राइन्डर ‘स्योर सट गिफ्ट’का रूपमा पाउने कम्पनीले जनाएको छ । साइड–बाइ–साइड रेफ्रिजरेटरका कुनै पनि मोडल खरिद गर्दा भने १६ हजार ९९० रुपैयाँ मूल्य बराबरको महाराजा फुड प्रोसेसर उपहार दिइनेछ ।

वासिङ मेसिनतर्फ फुल्ली अटोमेटिक फ्रन्ट लोड मोडल खरिद गर्ने ग्राहकले ७ हजार रुपैयाँ मूल्य बराबरको इन्फ्रारेड कुकटप उपहार पाउनेछन् ।

यस्तै, हायरका कुनै पनि इनभर्टर एयर कन्डिसनर खरिद गर्दा ३ हजार रुपैयाँ बराबरको निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
चाडपर्वका बेला ग्राहकको खरिदलाई सहज बनाउन हायरका होम अप्लायन्समा शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधा पनि उपलब्ध गराइएको छ ।

कम्पनीका अनुसार एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्ने दबाब कम गर्दै किस्ताबन्दीमार्फत होम अप्लायन्स खरिद गर्न सकिने भएकाले यो सुविधाले ग्राहकलाई थप सहजता दिने अपेक्षा गरिएको छ ।

1

Scroll to Top