Banijya News

नबिल बैंकले बोलायो साधारण सभा, अन्य के–के छन् एजेण्डा ?

1
1.0K Shares

नबिल बैंक लिमिटेडले असोज २२ गते साधारण सभा गर्ने भएको छ । बैंकले आफ्‌नो ४२औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा गर्ने भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर वा एक्विजिशन गर्ने सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गर्नेछ ।

यसैगरी, ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १४ गते बुकक्लोज गर्ने भएको छ । तसर्थ, असोज १३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

1

Scroll to Top