Banijya News

कृषि विकास बैंकद्वारा ‘केवाईसी सचेतना सप्ताह’ अभियान

1
1.0K Shares

कृषि विकास बैंक लिमिटेडले वित्तीय अपराध न्यूनीकरण र ग्राहक सुरक्षालाई प्राथमिकतामा राख्दै साताव्यापी ‘ग्राहक पहिचान सचेतना सप्ताह’ सुरू गरेको छ । ‘सही ग्राहक पहिचान, सुरक्षित बैंकिङ हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ बैंकले यो विशेष अभियान सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यक्रमको शुभारम्भ बैंकका निमित्त कार्यकारी अधिकृत प्रताप सुवेदीले गरेका थिए । कार्यक्रममा बैंकका सम्पूर्ण विभागीय प्रमुखहरू तथा काठमाडौं उपत्यकाभित्रका शाखा प्रबन्धकहरूको भौतिक उपस्थिति रहेको थियो भने उपत्यका बाहिरका शाखा प्रबन्धकहरूलाई भर्चुअल माध्यमबाट कार्यक्रममा जोडिएको थियो ।

उद्घाटन समारोहमा बोल्दै निमित्त कार्यकारी अधिकृत सुवेदीले आधुनिक बैंकिङ प्रणालीमा ग्राहक पहिचान विवरणको भूमिका महत्त्वपूर्ण हुने बताए । आफ्नो केवाईसी विवरण समयमै अद्यावधिक गर्दा बैंकिङ प्रणाली पारदर्शी हुनुका साथै ग्राहक स्वयं पनि सम्भावित वित्तीय जोखिम र ठगीबाट सुरक्षित रहन सक्छन् भन्ने अभिप्रायले यो कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम सञ्चालन गरिएको यो अभियान भाद्र ३० गतेदेखि असोज ५ गतेसम्म जारी रहनेछ । यस अवधिमा बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई नजिकैको शाखामा गएर आफ्ना अद्यावधिक विवरणहरू बुझाउन र सुरक्षित बैंकिङ अभ्यास अपनाउन अनुरोध गरेको छ ।

1

Scroll to Top