सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
बैंकको आज बुधबार बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट कायम चुक्तापूँजी १५ अर्ब ५० करोड रुपैयाँबाट ३.८० प्रतिशतले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ ।
साथै, सोको कर प्रयोजनार्थ ०.२० प्रतिशतले हुन आउने ३ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ ।
१७

