काठमाडौंको भृकुटीमण्डपमा जारी नवौं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा असोज १ देखि ४ गतेसम्म प्रदर्शनी सञ्चालन भइरहेको छ ।
प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय गरिरहेको जनाएको छ । ग्राहकको आवश्यकता र क्षमताअनुसार सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले प्रदर्शनीमा सहभागिता जनाएको बैंकको भनाइ छ ।
बैंकले घर तथा जग्गा खरिद र घर निर्माण कर्जा आकर्षक ब्याजदरमा उपलब्ध गराउँदै आएको जनाएको छ । प्रदर्शनी अवधिमा कर्जा लिने ग्राहकलाई प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार भदौ महिनाका लागि आधार दर ५.६४ प्रतिशत रहेको छ । सो आधार दरका आधारमा घर तथा जग्गा खरिद र घर निर्माणका लागि कर्जा लिने ग्राहकले लाभ लिन सक्ने बैंकले जनाएको छ ।
महालक्ष्मी विकास बैंकबाट कर्जा लिन इच्छुक ग्राहकले प्रदर्शनीस्थलको स्टल नम्बर ए२१ मा सम्पर्क गर्न सक्नेछन्। बैंकका प्रतिनिधिले ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै कर्जा प्रक्रिया, आवश्यक कागजात तथा विभिन्न बैंकिङ सुविधाबारे जानकारी र परामर्श प्रदान गरिरहेका छन् ।

