सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा भोलि असोज २ गते हुने भएको छ ।
साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिसमा बिहान ११ बजेदेखि शुरु हुनेछ । साथै, साधारणसभाका लागि भदौ १८ गते कम्पनीको शेयर बूक क्लोज भइसकेको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरिने छ । साथै, आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ का लागि नियुक्ति लेखापरीक्षकको नियुुक्ति एवं पारिश्रमिक समर्थन गर्ने प्रस्ताव सभाका लागि तय गरिएका छन् ।

