Banijya News

नेप्से र कारोबार रकम दुवै बढ्यो

1
1.0K Shares

साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक बढेर बन्द भएको छ । आज शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ । १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ । त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ । कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने सामान्य अंक घटेको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा शुक्रबार ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ । त्यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ । कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य सर्वाधिक १५ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top