Banijya News

वीरगन्ज भन्सारबाट २३ अर्ब ४६ करोड राजस्व संकलन

1
1.0K Shares

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दोस्रो महिनामा रु. २३ अर्ब ४६ करोड राजस्व संकलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार, चालु आव २०८३/८४ को भदौ महिनामा रु. २३ अर्ब ४६ करोड १५ लाख राजस्व संकलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो ।

भदौ मसान्तसम्मको संकलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका अनुसार, यस अवधिमा मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेको छ ।

1

Scroll to Top