Banijya News

सिद्धार्थ बैंकको वार्षिक साधारणसभा असोज २८ मा, २० प्रतिशत लाभांश दिने

1
1.0K Shares

सिद्धार्थ बैंकले आफ्नो २५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको बैठकले सभा यही असोज २८ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन् ।

यसैगरी, सभाले अग्राधिकार शेयरधनीहरुलाई ८.५ प्रतिशतले हुन आउने १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

बोनस शेयर वितरणपछि पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्ने छ । यसका लागि नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन वा रायसुझावअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ ।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ । लाभांश र सभा प्रयोजनका लागि असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

1

Scroll to Top