एभरेस्ट बैंकले कैलालीको धनगढी–८, क्याम्पस चोकमा १३४औं शाखा स्थापना तथा सुदूरपश्चिम प्रदेशमा नयाँ भवनको समेत उद्घाटन गरेको छ ।
बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरू सोही भवनबाट प्रदान गर्ने जनाएको छ । बैंकको धनगढी शाखासँगै सुदूरपश्चिम प्रदेशमा शाखा संख्या १५ पुगेको छ ।
धनगढी उद्योग वाणिज्य संघका पुष्कर ओझा र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बागोपाल वैद्यबाट संयुक्त रूपमा भवन उद्घाटन गरिएको हो । सो समारोहमा धनगढी उपमहानगरपालिका–८ का वडा अध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैंकका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योग व्यवसायीहरू तथा बैंकका अन्य कर्मचारीहरू लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।
धनगढीमा बैंकको आफ्नै भवनमा शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

