Banijya News

एनआईसी एशिया बैंकद्वारा तीन विद्यालय र मामाघर नेपाल संस्थालाई सहयोग

1
1.0K Shares

एनआईसी एशिया बैंकले कैलालीका तीन विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।

बैंकले कैलालीको टिकापुर नगरपालिका–९, झुङ्गास्थित सेती मैयाँ चौधरी माध्यमिक विद्यालय र खक्रौलास्थित भानुभक्त राष्ट्रिय आधारभूत विद्यालय, सोही जिल्लाको टिकापुर नगरपालिका–१ मा रहेको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई पठनपाठनमा सहयोग र गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग गरेको जनाएको छ । त्यस्तै, बैंकले हेटौंडा–४, कान्तिराजपथ, मकवानपुर अवस्थित सामाजिक संस्था मामाघर नेपाल मकवानपुरलाई उक्त संस्थामा आश्रित सहारा आवश्यकता भएका बालबालिकाको बसाई अझ सहज होस् भन्ने उद्देश्यका साथ सहयोग उपलब्ध गराएको हो ।

हाल १९६ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत सेती मैयाँ चौधरी माध्यमिक विद्यालयमा असोज ५ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका धनगढी सर्कल हेड दिपक विष्ट र टिकापुर शाखा प्रमुख लोकबहादुर विष्टले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक पतिराम चौधरीलाई एक थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरे ।

त्यसैगरी, ११७७ भन्दा धेरै विद्यार्थीहरु रहेको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई सोही मितिमा यस बैंकका धनगढी सर्कल हेड दिपक विष्ट र टिकापुर शाखा प्रमुख लोकबहादुर विष्टले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर चौधरीलाई दुई थान ल्यापटप, पाँच थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरे ।

त्यस्तै, १०२ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत भानुभक्त राष्ट्रिय आधारभूत विद्यालयलाई पनि उक्त मितिमा यस बैंकका धनगढी सर्कल हेड दिपक विष्ट र टिकापुर शाखा प्रमुख लोकबहादुर विष्टले संयुक्त रुपमा उक्त विद्यालयका अध्यक्ष वीरबहादुर खड्कालाई एक थान ल्यापटप र एक थान प्रिन्टर हस्तान्तरण गरे ।

साथै, बाबुआमा नभएका तथा सहारा आवश्यकता भएका २४ भन्दा धेरै बालबालिकालाई खाने बस्ने सुविधासहित सहारा दिइरहेको मामाघर नेपाल मकवानपुरलाई असोज २ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित के.सी र वीरगंज सर्कल हेड गोपाल प्रसाद सुवेदीले संयुक्त रुपमा मामाघर नेपाल मकवानपुरका कोषाध्यक्ष ईश्वर सिल्वाललाई आवश्यक खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरे ।

बैंकले उक्त विद्यालयहरु तथा आश्रमलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न र आश्रममा आश्रितहरुको बसाई अझ सहज बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

1

Scroll to Top