Banijya News

कुमारी बैंकको साधारणसभा असोज २८ गते हुँदै

1
1.0K Shares

कुमारी बैंक लिमिटेडले आफ्नो २६औँ वार्षिक साधारण सभा असोज २८ गते आयोजना गर्ने भएको छ । बैंक सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले साधारण सभा गर्ने मिति, स्थान र समय तय गरेको हो ।

बैंकका अनुसार, साधारण सभा काठमाडौंको सुवर्णशमशेर सडकस्थित सिल्भर ओक ब्यान्क्वेट एन्ड इभेन्ट्समा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकले प्रस्तावित लाभांशसहित विभिन्न विषयमा छलफल गरी निर्णय गर्नेछ ।

साधारण सभा तथा प्रस्तावित लाभांश वितरणका लागि बैंकले असोज १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसअनुसार असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका शेयरधनी साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

बैंकको यसअघि भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २.१०५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरिसकेको छ । हाल बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ ।

1

Scroll to Top