Banijya News

लक्ष्मी सनराइज डिबेन्चर नेप्सेमा सूचीकृत

1
1.0K Shares

लक्ष्मी सनराइज बैंक लिमिटेडको ‘७५ लक्ष्मी सनराइज डिबेन्चर २०९२’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिबेन्चर सर्वसाधारणका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडमार्फत निष्कासन गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असोज १ गतेको निर्णयअनुसार उक्त ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको हो ।

नेप्सेका अनुसार बैंकसँग १० वर्ष अवधिको तथा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गर्ने उक्त डिबेन्चर सूचीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

नेप्सेले डिबेन्चरलाई ‘एलएसडी९२’ कारोबार संकेत दिएको छ । उक्त डिबेन्चरको दोस्रो बजार कारोबार असोज ८ गतेदेखि सुरु हुने नेप्सेले जनाएको छ ।

1

Scroll to Top