Banijya News

नेप्सेसँगै घट्यो कारोबार रकम

1
1.0K Shares

पछिल्लो तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ३६.२५ अंक घटेर २६१८.०३ विन्दुमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.३३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१९ अंक घटेको छ ।

आज बुधबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत घटको छ । त्यस्तै, बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि उल्लेख्य घटेको छ । हिजो मंगलबार ७ अर्ब ५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य १७५ रुपैयाँ बढेर १ हजार ३४१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ५ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.५४ प्रतिशत घटेको छ ।

आज कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top