नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । आज बिहीबार सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले सांग्रिलाको ४ प्रतिशत र स्नो रिभर्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य ४११ रुपैयाँ ५४ पैसा कायम भएको छ भने स्नो रिभर्सको ८५९ रुपैयाँ ९ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । हिजो बुधबार दोस्रो बजारमा सांग्रिलाको शेयर प्रतिकित्ता ४२८ रुपैयाँमा र स्नो रिभर्सको ९४५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको कारोबार खुल्नेछ ।

