Banijya News

सानिमा मिडिल तमोर हाइड्रोपावरद्वारा लाभांश घोषणा

1
1.0K Shares

सानिमा मिडिल तमोर हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले यही असोज ३० गते ११औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् असोज १६ गतेसम्म कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न तथा वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन् ।

1

Scroll to Top