Banijya News

विकास हाइड्रोपावरद्वारा वार्षिक साधारणसभा आह्‌वान, लाभांश प्रस्ताव पारित हुने

1
1.0K Shares

विकास हाइड्रोपावर कम्पनीले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनी सञ्चालक समितिको बैठकले यही असोज २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्ट दरबारमा हुने भएको छ ।

सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश पारीत गर्नेछ । जसमा १० प्रतिशतले हुन आउने ९ करोड ९ लाख १० हजार १३० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ४७ लाख ८४ हजार ६००.१४ रुपैयाँबराबरको नगद लाभांश छन् ।

सभाले बोनस शेयर जारीपश्चात पुँजी वृद्धि गर्न कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन् ।

1

Scroll to Top