Banijya News

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

1
1.0K Shares

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ ।

निरन्तरको वर्षा र धुम्म वातावरणका कारण भिजिबिलिटी कम हुँदा विभिन्न गन्तव्यका उडान प्रभावित भएका हुन् । मौसममा सुधार नआउँदा पोखरा, भरतपुर र तुम्लिङटारतर्फका उडान रोकिएका छन् ।

कम भिजिबिलिटीका कारण उडान सञ्चालनमा समस्या देखिएको विमानस्थलले जनाएको छ । मौसममा सुधार आएपछि मात्रै प्रभावित उडानहरू सञ्चालनमा आउने बताइएको छ ।

1

Scroll to Top