Banijya News

बाढीले सयपत्री हाइड्रोपावरको विद्युत उत्पादन बन्द

1
1.0K Shares

बागलुङको ताराखोला गाउँपालिकामा सञ्चालित सयपत्री हाइड्रोपावर लिमिटेडको २.५ मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ ।
असोज ९ गते आएको बाढीका कारण आयोजनाको संरचना तथा विद्युत प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत उत्पादन र प्रसारण अवरुद्ध भएको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पठाएको जानकारीअनुसार आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेसनसम्मको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुगेको छ । क्षतिका कारण असोज ९ गते राति ११ बजेदेखि आयोजनाबाट विद्युत उत्पादन तथा प्रसारण हुन सकेको छैन ।

त्यसैगरी, असोज १० गते राति ११ बजेपछि ताराखोला गाउँपालिकामा रहेका सञ्चार टावरको विद्युत आपूर्ति समेत अवरुद्ध भएको कम्पनीले जनाएको छ । सञ्चार सम्पर्क विच्छेद भएपछि आयोजनास्थलमा रहेका कर्मचारीसँग सम्पर्क हुन नसक्दा बाढीबाट आयोजनामा भएको थप क्षतिको विवरणसमेत प्राप्त हुन नसकेको कम्पनीले जनाएको छ ।

1

Scroll to Top