Banijya News

महालक्ष्मी विकास बैंकले विद्यालयमा शिक्षा र डिजिटल पहुँच बढाउने

1
1.0K Shares

महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

असोज ९ गते अर्थात् सेप्टेम्बर २५, २०२६ मा भएको सम्झौताअनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा आधारभूत शिक्षा र साक्षरता प्रवद्र्धनका लागि आर्थिक सहयोग गर्नेछ । रोटरी क्लबमार्फत सञ्चालन हुने विभिन्न शैक्षिक तथा पूर्वाधार विकास परियोजनामा बैंकले सहयोग गर्ने जनाएको छ।

सम्झौताअन्तर्गत विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी परियोजना सञ्चालन, कम्प्युटर ल्याब स्थापना र शैक्षिक वातावरण सुधारसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिनेछ ।

बैंकले सीएसआरअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । पछिल्लो सहकार्यबाट सामुदायिक तथा सार्वजनिक विद्यालयका विद्यार्थीको सिकाइ वातावरण, स्वच्छता र डिजिटल प्रविधिमा पहुँच सुधार गर्न योगदान पुग्ने बैंकको विश्वास छ ।

यसैगरी, बैंकले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोगसमेत गरेको जनाएको छ ।

1

Scroll to Top