Banijya News

सानिमा बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

1
1.0K Shares

सानिमा बैंकले २२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सोमबार बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरेअनुसार २०८३ आषाढ मसान्तको साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पारित गरेको छ ।

साथै, बैंकले अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारणसभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरे संचालकमा निर्विरोध निर्वाचित भएका छन् ।

आर्थिक वर्ष २०८२/८३ मा रु. ३.५५ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २९१.२१ अर्ब, कुल निक्षेप रु. २४९.९३ अर्ब तथा खुद कर्जा सापटी रु २०३.९९ अर्ब रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १०.८४ प्रतिशत, ११.१९ प्रतिशत र १०.५० प्रतिशतले बृद्धि गरेको छ ।

1

Scroll to Top