Banijya News

दसैँ–तिहार लक्षित सीजी डिजिटलको विशेष अफर, उपकरण खरिदमा २५ प्रतिशतसम्म छुट

1
1.0K Shares

सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको सीजी डिजिटलले दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘घरको खुसी, दसैँ तथा तिहारको उमंग’ योजना सार्वजनिक गरेको छ । कम्पनीले देशभर सञ्चालनमा रहेका २८ वटा सीजी डिजिटल तथा एलजी ब्रान्ड शपमार्फत योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकले विभिन्न घरायसी विद्युतीय तथा इलेक्ट्रोनिक उपकरण खरिदमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै, निश्चित उपहार तथा भाग्यशाली चिठ्ठामार्फत विभिन्न उपहार जित्ने अवसरसमेत दिइएको कम्पनीले जनाएको छ ।

योजनामा एलजी, सीजी, टीसीएल, गोदरेज, माइडिया, क्रम्प्टन, बेको, सेन्सेई, केन्ट, इलिका, सीजी मेरिडिया, ब्ल्याक प्लस डेकर र बर्लीका उत्पादन उपलब्ध हुनेछन् । त्यस्तै, नथिङ, मोटोरोला र एआई प्लसका मोबाइलसमेत शोरुमबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

भाग्यशाली चिठ्ठामार्फत ६ जना विजेता छनोट गरिनेछन् । विजेताले स्मार्टफोनलगायत विभिन्न उपहार प्राप्त गर्ने अवसर पाउनेछन् ।

यस योजनाअन्तर्गत ८ र ९ किलोग्राम क्षमताका वासिङ मेसिन खरिद गर्दा ६ किलोग्राम सर्फ एक्सेल तथा १० किलोग्रामसम्म क्षमताको वासिङ मेसिन कभर निःशुल्क उपलब्ध गराइनेछ । डिशवासर खरिदमा दुईवटा वासिङ ट्याब्लेट पनि निःशुल्क दिइनेछ ।

त्यस्तै, ४३ देखि ६५ इन्चसम्मका एलईडी टेलिभिजन खरिदमा भित्तामा जडान गर्ने ब्राकेट निःशुल्क उपलब्ध हुनेछ भने एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा दिइनेछ ।

ग्राहकले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी, पुरानो सामान साटेर नयाँ खरिद गर्ने सुविधा, निःशुल्क ढुवानी, योग्य उत्पादनमा सटही बोनस तथा रोकथाममूलक मर्मतसम्भार सेवा पाउनेछन् ।

कम्पनीका अनुसार योजनामा टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एसी, डिशवासर, माइक्रोवेभ, एयर फ्रायर, भ्याकुम क्लिनरलगायत विभिन्न विद्युतीय उपकरण समावेश छन् । योजना तथा छुटका विस्तृत नियम र सर्तबारे नजिकको सीजी डिजिटल शोरुमबाट जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

1

Scroll to Top