Banijya News

राष्ट्र बैंक र बैंकबाट नयाँ नोट साट्न पाउने

1
1.0K Shares

दसैं र तिहारका लागि नागरिकले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन् ।

दसैं, तिहार र छठमा नयाँ नोटको माग बढी हुने भएकाले दसैं नजिकिँदै गर्दा नोट सटही गर्न चाहनेहरुका लागि राष्ट्र बैंकले थापाथलीस्थित कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा दिन लागेको हो ।

नागरिकले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखामार्फत पनि नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

1

Scroll to Top