Banijya News

एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

1
1.0K Shares

एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा असोज १४ गते सम्पन्न भएको हो ।

सभाले शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नगद लाभांशमा बोनस शेयरमा लाग्ने करसमेत समावेश रहेको बैंकले जनाएको छ । बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्तावसमेत सभाले पारित गरेको छ।

यसैगरी, सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित भएको छ ।

1

Scroll to Top