नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ९ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार, आइतबार चाँदीको मूल्य ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

