Banijya News

कुमारी बैंकको एक लाख कित्ता संस्थापक शेयर बिक्री गरिने

1
1.0K Shares

कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ ।

बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि नेपाल राष्ट्र बैंकको प्रचलित व्यवस्था तथा निर्देशनअनुसार सेयर बिक्री प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ ।

यसअघि बैंकले उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिक अवसर दिएको थियो । तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिदका लागि कुनै आवेदन नआएपछि अब अन्य इच्छुक व्यक्ति तथा लगानीकर्ताबाट आवेदन माग गरिएको हो ।

बैंकका अनुसार, सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र इच्छुक सर्वसाधारणले आवेदन पेश गर्न सक्नेछन् । आवेदन कुमारी बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरीस्थित कार्यालय वा बैंकको टंगालस्थित प्रधान कार्यालयमा स्वयं उपस्थित भएर बुझाउनुपर्नेछ ।

बिक्रीमा राखिएको संस्थापक सेयरको मूल्य भने बोलकबोल प्रक्रियाबाट निर्धारण गरिने बैंकले स्पष्ट पारेको छ । इच्छुक लगानीकर्ताले तोकिएको समयभित्र आवश्यक विवरणसहित आवेदन दिनुपर्नेछ ।

1

Scroll to Top