नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो आइतबार सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार, आज सोमबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४३० रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदी ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।


