Banijya News

कुमारी बैंकको ७८ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिने

1
1.0K Shares

कुमारी बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ७८ हजार ६७७ कित्ता संस्थापक शेयर सर्वसाधारणबलाई बिक्री गर्ने भएको हो ।

बैंकका विभिन्न संस्थापक शेयरधनीहरूले आफ्नो नाममा कायम रहेको उक्त संस्थापक शेयर बिक्री गर्न इच्छुक भई बैंकसमक्ष निवेदन दिएका थिए । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो हक विद्यमान संस्थापक शेयरधनीमा रहने व्यवस्था छ ।

सोहीअनुसार उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरूका लागि सूचना प्रकाशित गरिएकोमा कुनै पनि आवेदन नपरेपछि संस्थापकभन्दा बाहिरका सर्वसाधारणबाट शेयर खरिदका लागि आवेदन माग गरिएको बैंकले जनाएको छ ।

इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, काठमाडौं–१, नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय, काठमाडौं–२, टंगालमा पुग्ने गरी दिनुपर्नेछ ।

1

Scroll to Top