गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १० गते ११औं वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको १६९औँ बैठकले सभा धनकुटाको धनकुटा नगरपालिका–१, हिलेस्थित कान्जिरोवा मकालु होटलमा बस्ने गरी बोलाएको हो ।
कम्पनीले सभामा आर्थिक वर्ष २०८२/८३ सम्मको मुनाफाबाट हालको चुक्ता पुँजीको ९.५ प्रतिशतले हुने १ करोड २५ लाख ७४ हजार १५ रुपैयाँ बोनस र ०.५ प्रतिशतले हुने ६ लाख ६१ हजार ७९० रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव सभामा पेस गरिनेछ ।
त्यस्तै, साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा लेखापरीक्षक नियुक्तिलगायतका विषयमा छलफल तथा निर्णय गरिनेछ ।
कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभामा पेस हुनेछ ।
साधारण सभाका लागि कम्पनीले असोज २८ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।


