Banijya News

नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डले हकप्रद निष्कासन गर्ने

1
1.1K Shares

नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड लिमिटेडले संस्थापक शेयरधनीका लागि ३ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

हाल १ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले त्यसको ३३.३३ प्रतिशत बराबर हुने गरी हकप्रद जारी गर्नेछ । यसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्कासन हुनेछन् ।

कम्पनीको विशेष साधारणसभाबाट पारित निर्णयअनुसार असोज ३० गतेसम्म कायम संस्थापक शेयरधनीलाई लक्षित गरी हकप्रद निष्कासन गर्न लागिएको हो ।

संस्थापक शेयरधनीले आफूसँग कायम रहेको शेयरको अनुपातमा हकप्रदका लागि आवेदन दिन सक्नेछन् । तोकिएको अवधिमा आवेदन नपरेका शेयर कम्पनीको नियमावलीअनुसार बोलकबोल, पुनः बाँडफाँट वा अन्य प्रक्रियाबाट बिक्री गर्न सकिने कम्पनीले जनाएको छ ।

1

Scroll to Top