सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी प्रदीपचन्द्र पोखरेलले ९,९२३.२६ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका थिए ।
बैंकले उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीलाई आवेदन दिन आह्वान गरेको थियो । तर, संस्थापक सेयरधनीबाट उक्त सेयर खरिदका लागि निवेदन प्राप्त नभएकाले सर्वसाधारणका लागि सूचना प्रकाशित गरिएको बैंकले स्पष्ट पारेको छ ।
प्रचलित कानुनबमोजिम संस्थापक सेयर खरिद गर्न योग्य व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने बैंकले जनाएको छ ।


