Banijya News

सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

1
1.1K Shares

सुनको मूल्य आज विहीबार बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाल सुनको मूल्य ५०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन सुन प्रतितोला दुई लाख ९२ हजार ३०० रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ३९० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको थियो ।

1

Scroll to Top