Banijya News

जीवन लघुबीमाको व्यवसाय २५.९२ प्रतिशतले बढ्यो

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा जीवन लघुबीमा कम्पनीहरूको व्यवसाय २५.९२ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउन र भदौ महिनामा सञ्चालनमा रहेका तीन जीवन लघुबीमा कम्पनीले कुल १९ करोड ७० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूले १५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा लघुबीमा कम्पनीहरूको व्यवसायमा उल्लेख्य वृद्धि देखिएको हो ।

यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनीमा गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीले साउन र भदौमा ७ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, लिबर्टी माइक्रो लाइफले समीक्षा अवधिमा ६ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । क्रेष्ट माइक्रो लाइफले भने ५ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

लघुबीमा कम्पनीहरूको व्यवसायमा भएको वृद्धिले न्यून आय भएका तथा बीमाको पहुँचबाहिर रहेका नागरिकसम्म बीमा सेवा विस्तार गर्ने सम्भावनालाई थप बल पुर्‍याएको छ । लघुबीमा सेवा विस्तारसँगै सर्वसाधारणको जोखिम व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

1

Scroll to Top