नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले घटेर दुई लाख ९४ हजार चार सय रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको भाउ २५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४१५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदी प्रतितोला चार हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य फेरबदल र माग–आपूर्तिको अवस्थाअनुसार स्थानीय बजारमा दैनिक मूल्य निर्धारण हुने गर्दछ ।

